Entertainment

अक्षरा सिंहले अक्षय कुमारसँगको तस्बिर शेयर गर्दै मिस्ट्री बनाइन्

अक्षरा सिंहले अक्षय कुमारसँगको तस्बिर शेयर गर्दै मिस्ट्री बनाइन्

मुम्बई — अक्षरा सिंह सामाजिक सञ्जालमा फेरि चर्चामा आएकी छन्। उनले बलिउड सुपरस्टार अक्षय कुमार सँगको तस्बिर आफ्नो आधिकारिक इन्स्टाग्राममा पोस्ट गरेपछि फ्यानहरू उत्साहित भएका छन्।

ADVERTISEMENT

तस्बिरमा अक्षरा नीलो पहिरनमा देखिएकी छिन् भने अक्षय हरियो सर्ट र टोपीमा छन्। पोस्टको क्याप्सनमा उनले लेखेकी छन्, “जब खेलाडीको भेट मृगनयनीसँग हुन्छ। र, कथा अझै बाँकी छ। ठूलो सरप्राइज लोड भइरहेको छ।” यस पोस्टमा उनले अक्षय कुमारलाई पनि ट्याग गरेकी छिन्।

फ्यानहरूमा उत्सुकता

उनको पोस्टपछि फ्यानहरूले विभिन्न अनुमान लगाइरहेका छन्। केहीले भने यी दुई स्टार कुनै फिल्ममा सँगै देखिन लागेका हुन् कि भनेर सोचेका छन् भने कतिपयले नयाँ गीतको लागि सहकार्य हुनसक्ने अनुमान गरेका छन्। एक फ्यानले लेखे, “भोजपुरी र बलिउडको साझेदारी,” भने अर्काले लेखे, “केही त पाक्दैछ।”

अक्षरा हालै आफ्नो होली विशेष गीत ‘होली पे चले गोली’ का कारण पनि चर्चामा छिन्। उक्त गीतमा उनी बलिउड अभिनेता ख्बचगल क्जबचmब सँग देखिएकी थिइन्। विश्लेषकहरूका अनुसार, अक्षराको यो पोस्टले उनको लोकप्रियता र सामाजिक सञ्जालमा सधैं सक्रिय रहने रणनीतिलाई अझ मजबुत बनाएको छ। फ्यानहरू अब अर्को घोषणाको प्रतीक्षामा छन् कि यो फिल्म हो कि नयाँ म्यूजिक भिडियो।